नियम ४१
क्षतिपूर्ति सम्बन्धी उजुरी

() कसैले ऐन वा यस नियमावली विपरित उपभोक्ताको हक हित प्रतिकूल हुने गरी कुनै उपभोग्य वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई हानी नोक्सानी हुन गएमा त्यस्तो व्यक्तिबाट क्षतिपूर्ति भराई पाउनको लागि ऐनको दफा २२ बमोजिम अनुसूची बमोजिमको ढाँचामा उजुरवालाले क्षतिपूर्ति समिति समक्ष उजुरी गर्न सक्नेछ

() उपनियम () बमोजिम दिइने उजुरीमा देहायका कुराहरू खुलाउनु पर्नेछ :

() ऐन वा यस नियमावली विपरित उपभोक्ताको हक हित प्रतिकूल काम गर्ने व्यक्तिको नाम ठेगाना

() खण्ड () बमोजिमको काम कारवाहीबाट भएको हानी नोक्सानी वा क्षतिको विवरण

() प्राप्त गरेका उपभोग्य वस्तु वा सेवामा रहेका त्रुटि वा कमीको विवरण

() उजुरीमा उल्लिखित विवरणलाई पुष्ट्याँई हुने किसिमका सबूद प्रमाण

() दावी गरेको क्षतिपूर्ति रकम